पोखरामा ब्राउनसुगरसहित तीन जना प्रकाउ
पाेखरा | कात्तिक २०, २०८०
पोखरा: पोखरामा लागूऔषध (ब्राउनसुगर)सहित तीन जना युवालाई प्रहरीले प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका २१ कश्यारघाटमा लागूऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार तीन जना युवालाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ १२ ग्राम ४० मिलिग्रामसहित प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा पोखरा महानगर १७ बस्ने २१ वर्षीय कौशल पुन मगर, पोखरा १३ बाँझपाटन बस्ने २१ वर्षीय प्रशान्त गुरुङ र पोखरा २१ बस्ने २१ वर्षीय अनिस सुनार प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाउ परेका तीनजनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा १० दिनको म्याद थपगरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

